बिदा कटौती अवहेलनाको उदाहरण ः बडाल

0
2437

दार्चुला, पुष २७ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाका जिल्ला अध्यक्ष बीरसिँह बडालले पृथ्वी जयन्तीको दिन दिइने सार्वजनिक बिदा कटौती गरेर राष्ट्रिय व्यक्तित्वको अबहेलना गर्न खोजेको आरोप लगाउनु भएको छ ।
राप्रपा र विवेकशील साँझा पार्टीले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष बडालले यस्तो आरोप लगाउनु भएको हो । बडालले पृथ्वीनारायण शाह जस्तो राष्ट्रिय व्यक्तित्वलाई हामीले बिर्सन थालेको बताउदै त्यस्तो व्यक्तित्वलाई भुल्नु भनेको राष्ट्रियता भूल्नु जस्तै भएको बताउनुभयो ।
नेपाल सरकाले पृथ्वी जयन्तीका दिन दिइने सार्वजनिक बिदा कटाएर देशका महान् राष्ट्रिय व्यक्तित्वको अवहेलना गर्न थालेका आरोप राप्रपा अध्यक्षले लगाउनु भएको छ । उहाँले भन्नुभयो, “सरकारले यस्तै काम गर्ने हो भने हामी ६ महिनामा प्रजातन्त्र ल्याउछौ, सदियौदेखि सनातन भएको राष्ट्रलाई सनातन हिन्दु राष्ट्र भन्न मिल्दैन ? हामी हिन्दु निरपेक्ष नभएर हिन्दु सापेक्ष राष्ट्र बनाउन पनि तयार छौ’ उहाँले भन्नुभयो ।