बिस प्रधानमन्त्री आदर्श ग्राम छनौट

1988

दार्चुला, माघ २१ गते ।
भारतको पिथौरागढ जिल्लामा प्रधानमन्त्री आदर्श ग्राम परियोजना कार्यान्वयनका लागि २० वटा गाउँ छनौट गरिएका छन् । विभिन्न सुचकको आधारमा जिल्लास्तरीय समितिले शुक्रवार गाउँहरुको छनौट गरेको हो ।
पिथौरागढ जिल्लाका डिएम डा. विजयकुमार जोगदण्डेको अध्यक्षतामा अधिकारीहरुलाई परियोजनाबारे प्रशिक्षण समेत दिइएको हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । छनौट गरिएका गाउँका १० प्रमुख आवश्यकतालाई सम्बोधन गर्न बजेट उपलब्ध गराइने योजना छ । प्रत्येक गाउँमा २१ लाख भारु उपलब्ध गराइने डिएमले जानकारी दिएका छन् ।
खानेपानी र सरसफाई, स्वास्थ्य तथा पोषण, शिक्षा, सामाजिक सुरक्षा, ग्रामिण सडक, आवाश, विद्युत, कृषि प्रणालीका क्षेत्रमा बजेट खर्च गरिनेछ । यसैगरी, वित्तिय पहुँच, सहज जीवनयापन र सीप विकासको क्षेत्रमा पनि कार्यक्रम गरिने परियोजनाका अधिकारीहरुले बताएका छन् ।
पाँच सयभन्दा बढी जनसंख्या भएका र ५० प्रतिशत अनुसूचित जातीको बसोवास भएका गाउँमा प्रधानमन्त्री आदर्श ग्राम परियोजना लागू गरिन लागेको छ । समाज कल्याण विभागका सहायक निर्देशक केआर जोशीले पहिलो चरणमा पिथौरागढ जिल्लाभरी २० गाउँ छनौट गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !