बैतडी जीप दुर्घटनाका पिडितलाई दुहु गाउँपालिकाले राहत दिने

1744

विरा दत्त भट्ट, दार्चुला
फागुन २५ गते बैतडीको जीप दुर्घटना परि पीडित भएकालाई दुहु गाउँपालिकाले राहत दिने भएको छ । दुहूँ गाउँपालिकाले जीप दुर्घटनामा परि ज्यान गुमाएका मृतक परिवारलाई ४० हजार राहात उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
जीप दुर्घटनामा ज्यान गुमाएका दुहूँ गाउँपालिकाका स्थानिय धनसिँह बडालका परिवारलाई ४० हजार राहात उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो । दुर्घटनामा घाइते प्रेम बल्लब जोशी र हरकसिँह बडाललाई २५ हजारका दरले अन्य सामान्य घाइतेहरुलाई १५ हजारका दरले उपचार खर्च उपलब्ध गराउने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !