बोहरीगाउँमा ७२ घरपरिवारलाई खाद्यान्न वितरण

0
1644

दार्चुला, चैत्र १९ गते ।

शैल्यशिखर नगरपालिकाले वडा नम्बर ८ का विभिन्न लक्षित घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
नगरपालिकाले वडा नम्बर ८ का विभिन्न ७२ ओटा घरपरिवारलाई खाद्यान्न वितरण गरिएको नगरकार्यपालिका सदस्य नवीन पार्कीले बताउनु भयो । कोरोना भाइरस रोकथाम विशेष कार्यदलको निर्णय अनुसार एकल महिला, गरिब परिवार, बादी समुदाय तथा दलित परिवार ७२ परिवारलाई चालम वितरण गरिएको उहाँले बताउनु भयो ।
२५ किलोका ७२ बोरा चामल राहात स्वरुप वितरण गरिएको नगरकार्यपालिका सदस्य एवं कोरोना भाइरस रोकथाम विशेष कार्यदल सदस्य पार्कीले बताउनु भयो । नगरपालिका सदस्य एवं विशेष कार्यदल सदस्य पार्कीकै रोहोबरमा खाद्यान्न वितरण गरिएको छ भने स्थानीयहरु मोहन भण्डारी, अम्बादत्त जोशी, ओमकार जोशी, जयभद्र जोशी लगायतले सहयोग गरेको उहाँले बताउनु भयो ।