ब्यास क्षेत्रमा महाकाली नदीमाथि लगाइएका अबैध तुइन हटाइए

1998

विरा दत्त भट्ट, दार्चुला ।

दार्चुला जिल्लाको ब्यास गाउँपालिका क्षेत्रमा नेपाल–भारत आवतजावतका लागी लगाइएका अबैध तुइन भारतीय सशस्त्र सिमा बल ( एसएसवी) ले हटाएको छ । कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै एसएसवी र प्रहरीले महाकाली नदि किनारमा तुइन हटाउने अभियान नै चलाएको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।
ब्यास गाउँपालिकाको सुन्सेरा, धौलाकोट, सिना, दुम्लीङ, माल लगायतका क्षेत्रका नागरिकहरुले जिल्ला सदरमुकाम खलंगा बजार आवत जावत गर्न महाकाली नदीमा तारको तुइन लगाएर आवत–जावत गर्दै आइरहेका थिए ।
मंगलबार भारतीय सुरक्षाकमीहरुले महाकाली नदी माथि लगाइएका सम्पुर्ण तुइनहरु हटाएको छ । कोरोना भाइरसको जोखीम कम गर्न भारत सरकारले मंगलबार राती १२ बजे बाट लागु हुने गरी ३ हप्ता सम्म देशभरि लकडाउन गरे संगै सिमा क्षेत्रमा हुने अबैध आवत जावतलाई भारतीय सुरक्षाकर्मीहरुले निगरानी गरिहेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले जनाएको छ ।
पूलहरु बाहेक महाकाली नदीमा अबैध तुइन लगाएर घुसपैठ हुने आसंकालाई मध्यनजर गर्दै एसएसवीका कुलदीप सिहँ र पागंला पुलीसका निरीक्षक संजय पुनियाको नेतृत्वमा महाकाली नदि क्षेत्रमा हुने गतिविधिमा निगरानी भइरहेको छ ।
उक्त टोलीले गस्कु घाट, बरती घाट, मलघट्टे घाट, डोकट घाट, जंगती घाट, तावाघाट मन्दिर नजिक लगाएको तुइनहरु काटेर एसएसवी र भारतीय प्रहरीले अबैध नाकाहरु पुर्ण रुपमा बन्द गरेको हो । नेपालबाट कसैलाइ पनि ति नाकाहरुबाट भारत प्रबेश गर्न नदिइने पागंला पुलीसका निरीक्षक संजय पुनियाको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !