भारतको वृद्धिदर साढे सात प्रतिशत

0
2456

दार्चुला, भदौ ९ गते ।
आर्थिक वर्ष २०१८–१९ मा भारतको आर्थिक वृद्धिदर साढे ७ प्रतिशत रहने अनुमान गरिएको छ । पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि भारतको आर्थिक वृद्धिका लागि प्रमुख चुनौती रहेको एक अध्ययनले देखाएको छ । यद्यपि भारतको अर्थ व्यवस्था मूल्यवृद्धिलाई सामना गर्न सक्षम रहेको दावी गरिएको छ ।
मूडीज इनवेस्टर सर्विसको प्रतिवेदन अनुसार भारतको चालु वर्षको वृद्धिदरको अनुमान गरिएको हो । विश्व परिदृश्यमा भारतले भारतको आर्थिक हैसियत सशक्त बनिरहेको बताइएको छ ।