भारतमा चीनी निर्यात गर्ने सीमा बढायो

0
2434

दार्चुला, भदौ ९ गते ।
भारतको केन्द्रीय खाद्य मन्त्रालयले २० लाख टन चीनी निर्यात गर्ने समयसीमा बढाएको छ । चालु वर्षमा अहिलेसम्मकै बढी चीनी उत्पादन भएपछि भारतले मार्च महिनामा चीनी निर्यात खुला गरेको थियो ।
विहिवार खाद्य मन्त्रालयले चीनी निर्यातको समयसीमा ३ महिना बढाएर दिसम्बरसम्म कायम गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म २० लाख टनमध्ये एक चौथाई मात्रै चीनी निर्यात भएको छ ।
भारतमा यो वर्ष अहिलेसम्मकै सर्वाधिक ३ दशमलव २ करोड टन चीनी उत्पादन भएको छ ।