मर्यादित महिनाबारी सम्बन्धी कार्यशाला

0
4374

दार्चुला, चैत्र ५ गते ।
नौगाड गाउँपालिकामा मर्यादित महिनाबारी स्वच्छता रणनीति सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना नौगाडको आर्थिक सहयोग तथा सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाको आयोजनामा गोष्ठी सञ्चालन गरिएको हो ।
महिलाहरु महिनाबारी भएका बेला गरिने व्यबहार अन्य बेलाको जस्तै कायम गर्ने उद्देश्यले गोष्ठी सञ्चालन गरिएको जलस्रोत व्यवस्थापन परियोजना नौगाडका जलस्रोत अधिकृत हरिमल ठगुन्नाले जानकारी दिनुभयो । जलस्रोत अधिकृत ठगुन्नाले ग्रामीण भेगका महिलाहरुले बढी महिनाबारीका बेला फरक व्यवहार सहनु परेकाले उक्त समस्या न्युनीकरण गर्ने उद्देश्यले गोष्ठी सञ्चालन गरिएको बताउनु भयो । ग्रामीण भेगहरुका महिलाहरुलाई सचेत गराउन संघ संस्थाहरुले ग्रामीणमुखी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने र विद्यालय क्षेत्रमा बढी केन्द्रित गरि कार्यक्रम सञ्चालन गरिनुपर्ने सहभागिहरुको धारणा छ ।
महिनाबारी संगा जोडिएका गलत मान्यता र व्यवहारहरुको अन्त्यका लागि ५ बुँदे घोषणा पत्र तथा प्रतिबद्धता गरिएको गाउँपालिका कम्प्युटर अपरेटर चन्द्रावती ठगुन्नाले बताउनु भयो । गाउँपालिका अध्यक्ष प्रेमसिँह धामीले घोषणा पत्र तथा प्रतिबद्धतालाई नौगाडभरि नीतिगत रुपमा लागुन गरि महिनाबारी स्वच्छता रणनीतिलाई मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ । घोषणा तथा प्रतिबद्धता पत्रमा सबैले हस्ताक्षर गरी सबै सहभागिहरुले प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रबक्ता शान्ती ठगुन्नाले जानकारी दिनुभयो ।