महाकालीमा पौडीएर आएकालाई ट्रकमा घर पठाइयो

0
2174

विरा दत्त भट्ट, दार्चुला ।

भारतको विभिन्न क्षेत्रमा रोजगारी गर्दै आएकाहरु पुल बन्द भएपछि छन् । महाकाली नदीमा मंगलबार पौडीएर आएका २८ जनाहरुलाई ट्रकमा हालेर घर पठाइएको छ ।
एक रात महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखी बुधबार २ वटा ट्रकमा हालेर सम्बन्धीत स्थानियतहको जिम्मा लगाइएको हो ।

भारतमा कामगदै आएका मार्मा गाउँपालिकाका ९ जना, नौगाड गाउँपालिकाका २ जना, बैतडीको डिलाशैनि गाउँपालिकाका ५ जना, पुर्चौडी नगरपालिकाका ८ जना र डडेल्धुराका ४ जनालाई महाकाली नगरपालीकाले ट्रकमा राखेर सम्बन्धित स्थानीय तहमा पठाएको महाकाली नगरपालिकाका विपद् व्यवस्थापन शाशाखा प्रमुख क्वारेन्टाइन दस्ता संयोजक भुवन जोशीले बताएका छन् ।
महाकाली नगरपालिको क्वारेन्टाईनमा जम्मा ४१ जना रहेका छन । क्वारेन्टाइमा राखिएका सबैजना भारतबाट आएकाहरु रहेको जोशीले बताएका छन ।
नगरपालिकाले सम्बन्धित गाउँपालिका पठाएका २८ जना सबै महाकाली नदीमा पौडी खेलेर आएका जोशीले बताउनु भयो । यसै गरी आज पनि नौगाड गाउँपालिकाका ३ जना सिरबगडबाट महाकाली नदी तरेर नेपालआएका छन । नदि तरेर आएका ३ नै जनालाई महाकालीनगरपालीको क्वारेन्टाईनमा राखेको र भोली नौगाड गाउँपालिकाका संग समन्वय गरेर गाउँपालिको जिम्मा लगाउने विपद ब्यवस्थापन शाखा संयोजक भुवन जोशीले जानकारी दिनुभएको छ ।