महोत्सव सुरक्षामा दुई दर्जन सुरक्षाकर्मी

0
2557

दार्चुला, मंसिर ३ गते ।
मंसिर १ देखि सञ्चालन भइरहेको ऐतिहासिक जोलजिवी महोत्सवमा दुई दर्शन सुरक्षाकर्मी परिचालन गरिएका छन् । पहिलो पटक मालिकार्जुन गाँउपालिकाको आयोजना सञ्चालन गरिएको महोत्सवको सुरक्षाका लागि जोलजिवी प्रहरी चौकीका साथै जिल्लाबाट समेत थप सुरक्षकर्मी पठाइएका छन् ।
नेपाल प्रहरीका असई हरिप्रसाद पन्तको नेतृत्वमा १५ जना सुरक्षाकर्मी महोत्सवमा खटिएका छन् । जोलजिवी प्रहरी चौकीका साथै जिल्लाबाट थप ७ जना सुरक्षाकर्मी महोत्सवमा थपिएको असई पन्तले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले सईको नेतृत्वमा ६ जना सुरक्षाकर्मी जोलजिवी महोत्सवमा परिचालन गरेको छ । शनिवारदेखि सुरु भएको महोत्सव शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको जोलजिवी प्रहरी चौकीका असाई हरिप्रसाद पन्तले बताउनुभयो ।
महोत्सवको सांस्कृतिक कार्यक्रमसंगै बजार व्यवस्थापन र नेपाल भारत जोड्ने झोलुंगेपुल सञ्चालनमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । जोलजिवी महोत्सवमा मदिरा खुला रहेकाले सुरक्षा व्यवस्थापन प्रभावकारी बनाइएको दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले बताउनुभयो ।