मालिकार्जुनद्वारा चार कार्यविधि पारित

0
2707

दार्चुला, पुष २४ गते ।
मालिकार्जुन गाउँकार्यपालिकाले विभिन्न चार कार्यविधि पारित गरेको छ । आइतबार उद्घाटन गरिएको मालिकार्जुन गाउँकार्यपालिकाको बैठकले सोमवार चार कार्यविधि पारित गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिँह धामीले बताउनु भयो ।
गाउँ कार्यापालिकाको बैठकले ज्येष्ठ नागरिक परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, अपांगत भएका व्यक्तिहरुको परिचयपत्र सम्बन्धी कार्यविधि पारित गरिएको गाउँपालिका अध्यक्ष धामीले बताएका छन् । ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धी कार्यविधि र सहकारी बीउ पुजी र मेसनरी खरिद विक्रि सम्बन्धी कार्यविधि पारीत गरिएको उहाँले बताउनु भयो ।
गत आर्थिक वर्षमा वजेट विनियोजन भई योजना निर्माण कार्य सम्पन्न हुन नसकेको र हाल सम्पन्न भएका योजनाहरुको भुक्तानी गर्ने निर्णय समेत गरिएको गाउपालिका अध्यक्ष धामीेको भनाई छ । मालिकार्जुन १ र ७ मा स्वास्थ्य चौकी नभएकाले सामुदायिक स्वास्थ्य इकाई केन्द्रको स्थापना गर्ने, विगतमा एलजिसिडिपी कार्यक्रमबाट नियुक्त भएका सामाजिक परिचालकहरुको म्याद थप गरि नियुक्ती दिने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी मेनुकाले बताउनु भयो । नागरिकहरुलाई स्वास्थ्य सेवा लिन सहजताका लागि सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गर्न लागिएको उपाध्यक्ष अवस्थीको भनाई छ ।