मालिकार्जुन प्रबेशद्धारमा हेल्थ डेस्क स्थापना

0
2557

उद्धव सिह धामी, दार्चुला
मालिकार्जुन गाउँपालिकाको वडा नम्वर ३ को प्रबेशद्धार चैतलिचौरमा हेल्थ डेस्क स्थापना गरिएको छ । मालिकार्जुन गाउँपालिकाको निर्णय अनुसार आज वडा नम्बर ३ को मड प्रवेश गर्ने प्रबेशद्धार चैतलिचौरमा हेल्थ डेस्क स्थापना गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले बताउनु भयो । आइतबार बसेको बैठकले गाउँपालिकाका दुईओटै प्रबेशद्धारमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय भएको थियो । सोही अनुसार आज विहान वडा नम्बर ३ चैतलीचौरमा हेल्थ डेस्क स्थापना गरिएको मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक रामदत्त भट्टले बताउनु भयो । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ चैतलीचौर क्षेत्र शैल्यशिखर नगरपालिका संग सिमा जोडिएको क्षेत्रको समेत हो । मालिकार्जुन गाउँपालिकाको वडा नम्वर ३ चैतलीचौरमा स्थापना गरिएको हेल्थ डेस्क मालिकार्जुन स्वास्थ्य चौकी प्रमुख तेज रावलको संयोजकत्वमा स्वास्थ्यकर्मी टोली खटाइएको छ ।
मालिकार्जुन गाउँपालिकाको निर्णय अनुसार वडा नम्बर १ को भर्तोलामा पनि हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको छ । मालिकार्जुन गाउँपालिकामा प्रबेश गर्नेहरुको दुइवटा ठाउँवाट चेकजाँच गरिने छ । कामको शिलशिलामा भारतमा काम गर्ने नेपाली कामदारहरु घर फर्किरहेकाले पनि मालिकार्जुन गाउँपालिकाले उच्च सतर्कता अपनाउदै महाकाली लोकमार्गमै चेकजाचका लागि हेल्थ डेस्क स्थापना गरेको हो । अहिले मुख्यगरी बढी भीडभाडमा कोरोना भाइरसको संक्रमण हुनसक्ने उच्च जोखिम रहेको स्वास्थ्यकर्मीहरुले सुझाव दिने गरेका छन् । गाउँको भन्दा शहर बजार क्षेत्रमा बढी भीडभाड हुने भएकाले बजार बस्दै आएकाहरु पनि गाउँ फर्किन थालेका छन् । बजार क्षेत्र मात्र नभई ग्रामीण क्षेत्रमा पनि उच्च सतर्कता अपनाउनु पर्ने देखिएको छ । भारतमा काम गर्न जाने नेपाली कामदारहरुमध्ये बढी जसो ग्रामीण क्षेत्रका भएकाले गाउँघर पनि संक्रमणको जोखिम हुनसक्ने अनुमान गरिएको छ । भारतमा संक्रमण देखिएकाले भारतबाट आउने नेपाली कामदारहरु गाउँघरका बढी भएकाले गाउँघरमा पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ । मालिकार्जुन गाउँपालिकाको वडा नम्वर ३ को चैतलीचौरबाट मड प्रवेश गर्ने द्धारमा स्थापना गरिएको हेल्थडेस्कमा एकै दिन आज विहान १४ जनाको चेकजाँच गरिएको मालिकार्जुन स्वास्थ्य चौकी प्रमुख तेज रावलले बताएका छन् ।
यस्तै मार्मा गाउँपालिकाको प्रबेशद्धार बिटुलेमा आजदेखि हेल्थ डेस्क स्थापना गरिने स्वास्थ्य शाखा संयोजक चक्रसिँह धामीले बताउनु भएको छ ।