यातायात सेवामा मनपरी

0
2492

दार्चुला, मंसिर ९ गते ।
प्रहरीले जिपहरूकाे पछाडिकाे सिट हटाएपछि दार्चुलामा यातायात सेवामा मनपरी भएको छ । एक हप्ताअघि दार्चुला प्रहरीले सबै जिपहरूमा पछाडिकाे सिट हटाएकाेे थियाे ।
जिप सञ्चालकहरूले मनलाग्दाे गाडिभाडा उठाएर यात्रु बाेकिरहेका छन् । रूट परमिट ५ जनाकाे मात्रै भएकोेले धेरै यात्रु बाेक्नमा प्रहरीले प्रतिबन्ध लगाएको छ । यसअघिसम्म जिपहरूमा १४ जनासम्म यात्रु बाेक्नेगरेकाेमा प्रहरी रूट अनुमतिअनुसार मात्रै यातायात सञ्चालनमा कडाइ गरेकाे छ । जिपहरूमा अनुमति र क्षमताभन्दा बढी यात्रु बाेकिदैअाएकाेमा प्रहरीले सक्रियता बढाएकाे हाे ।
प्रहरीले जिपकाे पछाडिकाे सिट हटाएपछि कम यात्रु बाेकेर यातायात सञ्चालन गर्न व्यवसायी तयार देखिएका छैनन् । १४ सिटकाे रकम यात्रुबाट उठाएर मात्रै जिप सञ्चालन भइरहेका छन् । यात्रुले निर्धारितभन्दा बढी भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
खलंगादेखि लटिनाथसम्मकाे दैनिक जिपसेवा बन्द भएको छ । प्रहरीलेे गाडिकाे पछाडिकाे सिट हटाएदेखि लटिनाथसम्मकाे दैनिक जिपसेवा बन्द भएको व्यवसायी बताउछन् । चारजना सवारी बाेकेर सेवा दिन नसकिने व्यवसायीहरूकाे भनाइ छ ।
लटिनाथसम्मका यात्रुले ५ हजार रूपैयामा जिप बुकिङ गरेर यात्रा गरिरहेका छन् ।
जिल्लाभित्रका सबै क्षेत्रसम्मकाे यातायात सेवा अनियमित बनेकाे जिप व्यवसायी नै बताउछन् ।
मालिकार्जुन जात्रामा जीपहरूमा ५ सय रूपैया र वसमा ३ सय रूपैया भाडा तिरेर यात्रा गर्नुपरेकाेे स्थानियकाे गुनासाे छ । महाकाली यातायातका प्रतिनिधि लवराज अवस्थी भने वसमा निर्धारित भाडामात्रै उठाएकाे बताउनुहुन्छ । तेलकाे मूल्य बढेकाले हरेक ठाउकाे भाडामा १० रूपैया वृद्धि गरिएको उहाकाे भनाइ छ ।
यातायात क्षेत्रकाे समस्या समाधान गर्न अाइतवार दिउसाे सराेकारवालासंग छलफल गर्न लागिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त अाचार्यले बताउनुभयाे । यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि छलफल गरि निस्कर्षमा पुग्ने स्थानिय प्रशासनकाे भनाइ छ ।
यातायात क्षेत्रमा दुर्घटना न्युनिकरणका लागि समेत सराेकारवालासंग छलफल गरि उपयुक्त निस्कर्ष र उपाय अवलम्बन गरिने दार्चुला प्रहरी प्रमुख डिएसपि नवराज अधिकारीले बताउनुभयाे ।