लकडाउनः शुक्रबार ६ जना प्रहरी नियन्त्रणमा

1469

विरा दत्त भट्ट, दार्चुला ।

दार्चुलामा लकडाउन प्रति नागरिकहरुको सचेतना बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले आज लकडाउनको अबज्ञा गर्ने ६ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार प्रहरीले लकडाउनको अबज्ञा गर्ने२० जनालाई नियन्त्रणमा लिएको थियो । विहीबार १४ जनालाई नियन्त्रणमा लिएके थियो भने आज ६ जनालाई मात्र नियन्त्रणमा लिएको छ । विनाका बजारमा डुल्नेहरु पहिलेको भन्दा घटेको जिल्ला प्रहरी कार्यालय दार्चुुलाले जनाएको छ ।
आज खलंगा बजार क्षेत्रमा लकडाउनको अवज्ञा गरि हिडिरहेका ६ युवाहरुको समुहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । विनाकाम बजारमा हिडिरहेको पाएका प्रहरीले नियन्त्रमा लिने र आगामी दिनमा लकडाउनमा विनाकाम नहिड्ने शर्तमा छोड्ने गरेको प्रहरी निरिक्षक जोशीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !