लटिनाथमा निर्माणाधीन मैदानकाे स्थलगत भ्रमण

0
2514

दार्चुला, फागुन १९ गते ।
सुदुरपश्चिम प्रदेशसभा सदस्य मानवहादुर धामी, जिल्ला न्यायाधीश गिरिराज गाैतम, प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्टसहितकाे टाेलीले मार्मा गाउपालिकाकाे केन्द्रमा रहेकाे लटिनाथ मन्दिर परिसरमा निर्माणाधिन मैदानकाे स्थलगत भ्रमण गरेका छन् ।
शनिवार विहान भएको स्थलगत भ्रमणकाे क्रममा मार्मा गाउपालिका अध्यक्ष जमनसिह धामी, गाउपालिकाका प्राविधिक र उपभोक्ता समितिका पदाधिकारीले कामकाे प्रगतिबारे जानकारी गराएका छन् ।
मार्मा गाउपालिकाले चालू अार्थिक वर्षमा साढे ४ लाख रूपैयाँ मैदान निर्माणमा खर्च भइरहेकाे जनाएको छ । मैदान निर्माणसंगै घेरपर्खाल निर्माणमा १५ लाख रूपैया र वृक्षारोपणका लागि १ लाख ५० हजार रूपैयाँ गाउपालिकाले खर्च गर्न लागेकाे गनउपालिका अध्यक्ष जमनसिह धामीले बताउनुभयाे ।
लटिनाथ मन्दिर परिसरमा मैदान निर्माण भइरहदा केही व्यक्तिले विराेध गरेका छन् । तर गाउपालिकाले स्थानीयवासीकाे सहमति र सहभागितामा मन्दिर क्षेत्रकाे खाली ठाउँ सम्याएर मैदान बनाउन लागिएको जनाएको छ ।
स्थलगत भ्रमणमा पुगेका प्रदेशसभा सदस्य मानवहादुर धामीले पारदर्शी र सहभागितामूलक ढंगले काम भइरहेकाे बताउनुभयाे । एक दुई जनाले पूर्वाग्रह राखेर विराेध गर्दैमा अप्ठेराे नहुने उहाकाे भनाइ छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्टले सार्वजनिक हितका लागि विकासमा सहकार्य गर्नुपर्ने बताउनुभयाे ।
स्थलगत भ्रमणकाे क्रममा नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी, लटिनाथ बजार व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयकाे समेत सहभागिता रहेकाे थियाे ।
अन्तरविद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालनका लागि लटिनाथमा मैदान सम्याउन लागिएको बताइएकाे छ ।