लटिनाथमा न्यायिक संवाद कार्यक्रम

3476

दार्चुला, फागुन १८ गते ।
दार्चुला जिल्ला अदालतको आयोजनामा मार्मा गाँउपालिकाको केन्द्र लटिनाथमा शनिवार न्यायिक संवाद कार्यक्रम सञ्चालन गरिएको छ । न्यायालयबारे सरोकारवाला पक्षको सुझाव, सल्लाह र प्रतिक्रियाबारे छलफल गर्न कार्यक्रम गरिएको हो ।
जिल्ला न्यायाधिश गिरिराज गौतमको अध्यक्षतामा भएको न्यायिक संवाद कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य मानवहादुर धामी प्रमुख अतिथि रहनुभएको थियो । न्यायिक संवाद कार्यक्रममा न्याय संपादन प्रक्रिया, नागरिक र सरोकारवालाको भूमिका तथा जिल्ला अदालतको सेवा प्रवाहबारे जानकारी गराइएको छ ।
मार्मा गाँउपालिका अध्यक्ष जमनसिह धामी, गाँउपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक बागमती ठगुन्नालगायत मार्मा गाँउपालिकाका जनप्रतिनिधिहरुलगायत स्थानीयको कार्यक्रममा सहभागिता रहेको थियो ।
न्यायपालिकाको तेस्रो पञ्चवर्षिय रणनीतिक योजनाअन्तर्गतका निर्धारित क्रियाकलाप सञ्चालन भइरहेको जिल्ला न्यायाधिश गिरिराज गौतमले बताउनुभयो । न्यायालयबारे नागरिकका धारणा, सुझाव ग्रहण गर्न र न्यायालयका प्रक्रिया र अवस्थाबारे जानकारी गराउन विभिन्न गतिविधि सञ्चालन भइरहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !