विद्यालयमा पढाई मेला ।

0
2392
फाइल फोटो

नौगाढ गाउँपालिकामा रहेको सल्लेधार आधारभूत विद्यालय सल्लामा पढाई मेला मनाइएको छ । नौगाड गाउँपालिकाको वडा नम्बर १ मा रहेको सल्लेधार आधारभूत विद्यालय सल्लामा विभिन्न शैक्षिक कार्यक्रमको आयोजना गरि पढाई मेला मनाइएको हो ।
ईजीआरपी कार्यक्रम लागु भएका विद्यालयमा विद्यार्थीहरुलाई पढाई प्रति आकर्षण गराउने उद्देश्यले विभिन्न शैक्षिक कार्यक्रमको आयोजना गरि दिवस मनाउने गरिन्छ । सोही अनुसार उक्त विद्यालयमा पनि पढाई मेला मनाइएको हो ।
विद्यालय व्यवस्थापन समिति अधयक्ष बीरसिँह ठगुन्नाको अध्यक्षतामा पढाई मेला मनाइएको हो । विद्यालय विभिन्न शैक्षिक कार्यक्रम तथा प्रतियोगिता सञ्चालन गरि मेला मनाइएको हो । प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको प्रधानाध्यापक जगतसिँह ठगुन्नाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here