विबेकशील पार्टीको संगठन बिस्तार

0
2559

दार्चुला, माघ १३ गते ।
विबेकशील पार्टी दार्चुलाको संगठन बिस्तार कार्यक्रम जारी रहेको छ । पार्टी संगठन विस्तार कार्यक्रम जारी रहेको बेला दुहु गाउँपालिका वडा नम्बर २ हिकिलाका ६ जनाले पार्टी प्रवेश गरेको साझा विबेकशिल पार्टी जिल्ला संयोजक चक्रबहादुर बमले जानकारी दिनुभएको छ ।
दुहु गाउँपालिका वडा नम्बर २ हिकिलाका समाजसेवी आनसिह कार्कीसहित ६ जनाले पार्टी प्रवेश गरेको जिल्ला संयोजक बमले बताउनुभयो । पार्टी प्रवेश गर्नेमा आनसिह कार्की, लोकेन्द्र बडाल, धनसिह बडाल, मानसिह बडाल, विरेन्द्रसिह बडाल र धनसिह बडाल धर्मेन्द्र रहेको उहाँले बताउनुभयो । पार्टी प्रवेश गर्नुहुने सबैलाई साझा विबेकशिल पार्टी जिल्ला संयोजक चक्रबहादुर बमले माटोको टिका लगाई स्वागत गर्नुभएको छ ।