विबेकशील साँझा पार्टीमा छ जना प्रवेश

2266

दार्चुला, माघ १ गते ।
विबेकशील साँझा पार्टीमा दुहूँ गाउँपालिकाका ६ जनाले प्रवेश गरेका छन् ।
विबेकशील साँझा पार्टी दार्चुलाको पार्टी विस्तार कार्यक्रममा सोमबार दुहूँ गाउँपालिकाका विभिन्न ६ जनाले पार्टी प्रबेश गरेका हुन् ।
दुहूँ गाउँपालिका वडा नम्बर ५ मा आयोजित पार्टी विस्तार कार्यक्रममा दुहू गाउँपालिका वडा नम्बर ५ का ५ जना र वडा नम्बर ४ का १ जनाले पार्टी प्रबेश गरेको विबेकशील साँझा पार्टीका जिल्ला संयोजक चक्रबहादुर बमले जानकारी दिनुभयो । दुहूँ गाउँपालिका वडा नम्बर ५ का हरेन्द्रसिँह महरा, हरकसिँह कुवँर, रामसिँह महरा, जनकसिँह महरा, विपीन बहादुर कुवँर र वडा नम्बर ४ का पदमराम लुहारले विबेकशील साँझामा प्रवेश गरेको जिल्ला संयोजक बमले जानकारी दिनुभयो ।
केन्द्रमा विबेकशील साँझा पार्टी विभाजित भए पनि दार्चुलामा भने विबेकशील साँझा पार्टीले पार्टी विस्तार कार्यक्रममा निरन्तरता दिएको छ । केन्द्रमा पार्टी विभाजित भएपनि दार्चुलामा भने विबेकशील साँझा पार्टीमै रही पार्टी संगठन बलियो बनाउने तथा पार्टी विस्तार कार्यलाई निरन्तरता दिएको जिल्ला संयोजक बमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !