विश्व स्वास्थ्य संगठनको रिपोर्ट ः धुम्रपान प्रयोगकर्ता घट्दैछन्

0
1978

दार्चुला, पुष ८ गते ।
धुम्रमान प्रयोगकर्ताको संख्या पहिलो पटक घटेको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार पहिलो पटक पुरुष धुम्रपान प्रयोगकर्ताको संख्यामा कमी आएको हो । एक हप्ताअघि सार्वजनिक प्रतिवेदनअनुसार प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको धुम्रपान नियन्त्रणमा पहिलो पटक सकारात्मक उपलब्धि देखिएको छ ।
वार्षिक ८० लाखको मृत्यु
धुम्रपानले प्रत्येक वर्ष ८० लाख व्यक्तिले ज्यान गुमाइरहेका छन् । यो प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धुम्रपानका कारण मृत्यु हुनेको संख्या हो । ७० लाख नागरिकको मृत्यु आफ्नै धुम्रपानका कारण मृत्यु हुने गरेको छ भने १० लाख नागरिक अरुको धुम्रपानले ज्यान गुमाउछन् ।
प्रयोगकर्ता कम भए
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार सन् २००० को तुलनामा संसारभर धुम्रपान प्रयोगकर्ता घटेका छन् । सन् २०१८ मा प्रयोगकर्ताको संख्या ६ करोड घटेको छ । सन् २००० मा विश्वभर १ अर्ब ३९ करोड ७० लाख धुम्रपान प्रयोगकर्ता रहेकोमा यो संख्या सन् २०१८ मा १ अर्ब ३३ करोड ७० लाख पुगेको छ ।
पुरुष प्रयोगकर्ता बढी
धुम्रपानको प्रयोग गर्नेमा पुरुष बढी छन् । सन् २००० मा ३४ करोड ६० लाख महिलाले धुम्रपान गर्दथे भने सन् २०१८ मा यो संख्या २४ करोड ४० लाखमा झरेको छ । यसैगरी धुम्रपान प्रयोग गर्ने पुरुषको संख्या १८ वर्षमा १ अर्ब ९ करोड ३० लाखबाट घटेर १ अर्ब ५ करोडमा झरेको छ ।
तिब्र घट्दोदर
धुम्रपान प्रयोगकर्ताको तिब्र घट्दोदर छ । रिपोर्टका अनुसार सन् २०२० सम्म धुम्रपान प्रयोगकर्ता १ करोड अझै घट्नेछन् । सन् २०२५ सम्म २ करोड ७० लाख थप नागरिकले धुम्रपान छोड्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
जीवन नै जोखिममा
धुम्रपानको प्रयोगले व्यक्तिको जीवननै जोखिममा रहन्छ । फोक्सो खरावीका साथै क्यान्सर, श्वासप्रश्वास सम्बन्धि समस्या पनि धुम्रपान प्रयोगकर्ताले झेल्नुपर्छ । मुख, गला र शरीरको महत्वपूर्ण अंगमा धुम्रपानले क्षति पुर्याउने स्वास्थ्यकर्मीले बताएका छन् । चुरोट, विडी, तम्बाकु प्रमुख रुपमा सेवन गरिदै आएको छ ।