व्यवसाय गर्नेलाई सहयोग गर्न नगरपालिका तयार ः नगर प्रमुख धामी

0
3325

दार्चुला, पुष ३० गते ।
व्यवसाय संचालन गर्ने युवाहरुलाई नगरपालिकाबाट आर्थिक सहयोग गर्न कुनै कन्जुस्याई नगरिने शैल्यशिखर नगरपालिका प्रमुख अमरसिह धामीले बताउनुभएको छ । शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा उद्यमीशलता विकास तालिमको समापनमा बोल्दै उहाँले युवाहरुले व्यवसाय संचालन गर्न प्रास्तावना पत्र सहित नगरपालिकामा पेश गरे आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको हो ।
आफ्नै गाँउठाउँमा स्वरोजगार हुने व्यवसायमूलक कार्यक्रम तथा प्रस्तावना ल्यायो भने नगरपालिकाबाट वजेट विनियोजनको लागि आफु सधै तयार रहेको उहाँले बताउनुभयो । नगरप्रमुख धामीले तालिमका सहभागीहरुलाई तालिमबाट सिकेका कुरा व्यवहारमा उतारी साच्चिकै व्यवसायी वन्न समेत आग्रह गर्नुभएको छ ।
पुुस २० गते बाट गोकुलेश्वरमा संचालन भएको १० दिने उद्यमशिलता विकास तालिम आइतवार एक औपचारिक कार्यक्रम गरि सम्पन्न गरिएको छ । घरेलु तथा उद्योग विकास शाखा दार्चुलाको आर्थिक सहयोग तथा वाइड नेपाल दार्चुलाको सहजिकरणमा तालिम सञ्चालन गरिएको हो । शैल्यशिखर नगरपालिका वडानम्बर ९ का वडाअध्यक्ष रामधनी विष्टको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगरप्रमुख अमरसिह धामी प्रमुख अतिथि रहनुभएको थियो । शैल्यशिखर नगरपालिकाका कार्यक्रम अधिकृत भोजराज भट्ट विशिष्ट अतिथि रहनुभएको थियो ।
तालिममा उद्योग दर्ता प्रक्रिया, उद्योग दर्ता गर्दा आवश्यक पर्ने कागजपत्रहरु, व्यवसाय छनौट प्रक्रिया, संचालन र आधुनिक व्यवसायको वारेमा जानकारी गराएको प्रशिक्षक धर्मानन्द भट्टले जानकारी दिनुभयो । तालिममा प्रशिक्षक धर्मानन्द भट्टका साथै उद्यम सहजकर्ता विमला विष्ट र शैल्यशिखर नगरपालिकाका कार्यक्रम अधिकृत भोजराज भट्टले प्रशिक्षण गर्नुभएको थियो । तालिममा १० जनाको सहभागिता रहेको आयोजकले बताएका छन् ।