व्यास गाउँपालिकाको गल्थामा हेल्थडेस्क स्थापना

2068

विरा दत्त भट्ट, दार्चुला ।

ब्यास गाउँपालिकाले वडा नम्बर ३ गल्थामा हेल्थडेस्क स्थापना गरिएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखर चन्द्र ओझाको अध्यक्षतामा बुधबार बसेको बैठकले गल्थामा हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरेसंगै बुधबार नै उक्त क्षेत्रमा हेल्थ डेक्स स्थापना गरिएको हो । यो संगै ब्यास गाउँपालिकाका विभिन्न ५ क्षेत्रमा हेल्थ हेस्कहरुमा आवत जावत गर्नेहरुको चेकजाच भइरहेको छ ।
ब्यास गाउँपालिकाको वडानम्बर ३ र ४ को सिमाना गल्था बाट प्रवेश गर्ने ब्यक्तिहरुको स्वास्थ्य चेकजाँच गरेर मात्र वडा प्रवेश गराउने उद्येश्यले हेल्थडेस्क स्थापना गरिएको व्यास गाउँपालिका वडानम्बर ३ का वडाअध्यक्ष उपेन्द्रसिह धामीले जानकारी दिनुभयो ।
ब्यास गाउँपालिकामा बाहिर बाट भित्रिनेहरुलाई क्वारेन्टाइनमा राख्नका लागी गाउँपालिका भित्रका ४ वटा माद्यमीक विद्यालयहरु र एउटा क्याम्पसमा ब्यवस्थापन गर्ने आजको बैठकले निर्णय गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत ओझाको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !