शिक्षक माग गर्दै पिथौरागढमा प्रदर्शन

2444

दार्चुला, भदौ ७ ।
भारतको पिथौरागढ जिल्लाअन्तर्गत डीडीहाट तहसिलको राजकीय इन्टरकलेज पिपलीका विद्यार्थीहरुले शिक्षकको माग गर्दै जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन् ।
पिपलीबाट ४५ किलोमिटर टाढाको पिथौरागढ जिल्ला मुख्यालयमा पुगेका विद्यार्थीहरुले शिक्षक नियुक्तिको माग गरेका हुन् । पिपली गाँउका प्रधान जीवनसिह धामीको नेतृत्वमा विद्यार्थीहरु शिक्षकको माग गर्दै मंगलवार पिथौरागढ पुगेका हुन् ।
विद्यार्थीहरुले पिथौरागढस्थित कलेक्ट्र्ेटमा नाराबाजीसहित प्रदर्शन गरेका छन् । विद्यालयमा शिक्षक उपलब्ध गराउन र आफ्नो भविष्यमाथि खेलवाड नगर्न विद्यार्थीले माग गरेका छन् ।
राजकीय इन्टरकलेज पिपलीमा माध्यमिक र इन्टरमिडिएट तहमा ८ जना शिक्षक पद खाली रहेको विद्यार्थीहरुको भनाई छ । विद्यालयमा फर्निचर र घेरपर्खालको आवश्यकता रहेको पनि विद्यार्थीले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !