शिवरात्रीकाे भाेलिपल्ट महाेत्सवकाे नाममा विदा

0
2584

दार्चुला, फागुन १९ गते ।
दार्चुला सदरमुकाम क्षेत्रमा रहेकाे महाकाली नगरपालिकाले शिवरात्री महाेत्सवकाे नाममा शिवरात्रीकाे भाेलिपल्ट सार्वजनिक विदाकाे घाेषणा गरेकाे छ ।
फागुन १९ गतेकाे नगर कार्यपालिका बैठकले फागुन २१ गते नगरपालिका क्षेत्रमा सार्वजनिक विदाकाे निर्णय गरेकाे निमित्त प्रमुख प्रशासकिय अधिकृत यज्ञराज लेखकले बताउनुभयाे । शिवरात्रीकाे अवसरमा महाेत्सवकै अायाेजना गर्नेबारे माघ २५ र फागुन १९ गतेकाे नगर कार्यपालिका बैठकले निर्णय गरेकाे उहाले जानकारी दिनुभयाे ।
याे वर्ष फागुन २० गते शिवरात्री पर्व छ । शिवरात्रीमा नेपाल सरकारले सार्वजनिक विदा घाेषणा गरिसकेकाेे छ । तर महाकाली नगरपालिकाले शिवरात्री महाेत्सव मनाइने भन्दै शिवरात्रीकाे भाेलिपल्ट विदाकाे निर्णय गरेकाे छ ।
नगर कार्यपालिकाकाे निर्णयपछि फागुन २१ गते विदा गर्न नगरपालिकाले सराेकारवाला निकायमा पत्राचार समेत गरेकाे छ । अाइतवार निर्णय गरिएसंगै नगरपालिकाअन्तर्गतका निकायहरूमा विदा गर्न पत्राचार समेत गरिएको छ ।
नगरपालिकाका सबैै वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, सबै विद्यालयहरूलाई विदाबारे पत्राचार गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत लेखकले जानकारी दिनुभयाे । विदाकाे पत्राचारमा जिल्ला प्रशासन कार्यालयलाई बाेदार्थ दिइएकाे छ ।
स्थानीय सरकारले सार्वजनिक विदा दिएको दार्चुलामा याे पहिलाे घटना हाेे ।