सडक निर्माण कम्पनीले पैदलमार्ग बन्द गरेको आरोप

0
2248

कैलाश मानसरोवर यात्रा मार्गलाई भारतीय सडक निर्माण कम्पनीले बन्द गरेको स्थानीयले आरोप लगाएका छन् । महाकाली नदी किनारको भारतीय क्षेत्रमा सडक निर्माण गरिरहेको सीमा सडक संगठनअन्तर्गतको ग्रीफले लखनपुर र नजंग क्षेत्रको पैदलबाटो अवरुद्ध बनाएको आरोप छ ।
रं कल्याण संस्थाका अध्यक्ष कृष्णा गब्र्यालले सडक निर्माणमा विस्फोटक पदार्थ प्रयोग गरिदा पैदलमार्ग क्षतिग्रस्त भएको बताउनुभयो । सडक निर्माणले पैदलमार्ग अवरुद्ध भए पनि सडक निर्माण कम्पनीले मर्मत नगरेको उहाँले आरोप लगाउनुभयो ।
धारचुलाबाट सेप्टेम्बर महिनासम्म स्थानीयवासिन्दा उत्तरतर्फका हिमाली वस्तीमा आवतजावत गर्दछन् । तर बाटोको अभावमा आवागमन जोखिमपूर्ण र ठप्पप्राय बनेको गब्र्यालले बताउनुभयो । पैदलमार्ग सुचारु गर्न सडक निर्माण कम्पनीलाई भनिए पनि बाटो सञ्चालनलाई महत्व नदिइएको स्थानीय आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here