समाचार प्रभावः ब्यासमा अनुदानको चामलमा पछिल्लो समय लिइएको बढि रुपैयाँ फिर्ता

0
1662

५ सय क्वीनटलमा गरि ३० हजार भन्दा बढि लगिएको पैसा भने फिर्ता भएन
विरा दत्त भट्ट, दार्चुला ।

ब्यास गाउँपालिकाको सुन्सेरामा नेपाल खाद्य संस्थान बाट ढुवानी अनुदानमा वितरण हुने चामलमा लिइएको बढि रुपैयाँ फिर्ता गरिएको छ ।
कालापानी डिजिटल समाचारले चैत्र १० गते “कोरोना प्रभावले सबै ठाउँ बन्द भइरहेको बेला ब्यासमा अनुदानको चामलमा लुट” भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि ३० किलोग्रामको १४ सय रुपैया लिइरहेका चामल वितरकले तोकीएकै मुल्य १३ सय ८० रुपैया लिएर २० रुपैया फिर्ता गरेको बताइएको छ ।
ट्याकटर ब्यवसायी प्रेम सिह धामीले पछिल्लो समय वितरण गरीएको ३० किलोग्रामका ४० वटा अरुवा मोटो चामलका कट्ठाहरुमा बढि लिइएको प्रति कट्ठा २० रुपैया फिर्ता गरिएको बताएका छन् ।
पछिल्लो समय चामल वितरण गरेका ट्याकटर ब्यवसायी प्रेम सिह धामीले ४० कट्ठा चामल बराबरको ८ सय रुपैयाँ फिर्ता गरेपनि अहिले सम्म सुन्सेरा डिपोका लागी धनगढीबाट ढुवानी भएको ५ सय क्वीनटल चामलमा लगिएको बढि रुपैयाँ भने ठेकेदारले फिर्ता गरेका छैन्न । ५ सय क्वीनटल चामलमा भने प्रति तिस किलोग्राममा तोकीएको मुल्य भन्दा २० रुपैयाँ थप गरि ३० हजार भन्दा बढि रुपैयाँ जनताहरुबाट थप लगिएको छ ।