सम्पाल माविमा प्राविधिक धारको उद्घाटन

2333

सुन्सेरा, मंसिर ७ गते ।
व्यास गाउपालिका वडा नम्बर ४ सुन्सेरामा रहेको सम्पाल माध्यमिक विद्यालय सुन्सेरामा पढाई हुने प्राविधिक धारको शुक्रवार औपचारिक उद्घाटन गरिएको छ ।
विद्यालय व्यस्थापन समितिका अध्यक्ष चन्द्रा कुवरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्की प्रमुख आतिथि रहेका थिए ।
त्यस्तै कार्यक्रममा व्याँस गाउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी, नेपाली कांगे्रस जिल्ला कार्य समिति सभापति ललितसिह बोहरा र व्याँस गाउपालिका वडानम्बर ४ का वडाअध्यक्ष संग्रामसिह विष्ट विशिष्ट अतिथि रहेका थिए ।
प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्की, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रा कुवर र व्याँस गाउपालिका अध्यक्ष दिलिपसिह वुढाथोकीले व्यानर पढी उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांगे्रस जिल्ला कार्य समिति दार्चुलाका सभापति ललितसिह बोहराले विद्यालयको भौतिक पुर्वाधार निर्माण गर्न भारतीय राजदुतावाससँग पहल गर्ने बताउनु भएको छ । विद्यार्थीहरुको पढाई मध्यनजर गर्दै आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्न भारतीय राजदुताबाससंग पहल गर्ने सभापती बोहराको भनाई छ ।
कार्यक्रममा वोल्दै व्यास गाउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले चुनावको वेला गरिएको घोषणा पत्र अनुसार आफूले गरेको निरन्तर प्रयासले प्राविधिक धार १८ महिने कृषि जेटिए पढाई संचालन गर्न सफल भएको बताउनु भएको छ । साथै प्राविधिक शिक्षा संचालन र व्यवस्थापन गर्न निरन्तर लागिपर्ने उहाँको भनाई छ ।
आफू शिक्षापे्रमी भएकोले शिक्षा क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबीर बहादुर कार्कीले बताएका छन् । सोमपाल माध्यमिक सुन्सेरामा गरिएको उद्घाटन कार्यक्रममा व्यास गाउपालिकामा रहेका विभिन्न सरकारी कार्यालयका प्रमुख, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव हरकसिह विष्ट, शिक्षक, अभिभावक लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !