सिप्टीमा भाइरलका विरामी बढे ।

0
2276

नौगाढ गाउँपालिका वडा नम्बर ४ सिप्टीमा भाइरल ज्वरोका विरामी बढेका छन् । मुख्य गरी मौसम परिवर्तन हुदाँ संक्रमण हुने भाइरलका विरामीहरु सिप्टीमा बढेको स्वास्थ्य चौकी सिप्टीले जनाएको छ ।
स्वास्थ्य चौकी सिप्टीमा दैनिक १५÷२० जनाको हारहारीमा भाइरलका विरामी आउने गरेको अनमी मञ्जु धामीले जानकारी दिनुभयो । मौसम परिवर्तन हुदाँ संक्रमण हुने यो भाइरलका विरामी यो समयमा झन् बढ्ने गरेको अनमी धामीलाई उद्धृत गर्दै सिप्टीबाट नयाँ नेपाल सहकर्मी प्रतापसिँह ठगुन्नाले खबर पठाउनु भएको छ ।
मौसमा आएको परिवर्तनका कारण, दुषित् पानी, हावाको माध्यमबाट, सरसफाईमा ध्यान नदिदाँ भाइरल ज्वरोको संक्रमण हुने चिकित्सकहरुले बताएका छन् । भाइरल ज्वरोको संक्रमणबाट बच्न खानपानमा विषेश ध्यान पु¥याउने, पानी उमालेर मात्रै प्रयोग गर्ने, व्यक्तिगत सरसफाईमा बढी ध्यान दिन सके यस्ता रोगहरुबाट बच्न नसकिने चिकित्सकहरुको सुझाव छ । यी उपायहरु उपनाउन सके भाइरल ज्वरो विस्तारै कम हुदै जाने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here