सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख दार्चुलामा

2987

दार्चुला, मंसिर ११ गते ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी सुरज केसी मंगलवार दार्चुलाको निरीक्षण भ्रमणमा सदरमुकाम पुगेका छन् । प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि नियमित निरीक्षण भ्रमणको क्रममा डिआइजी केसी दार्चुला पुग्नुभएको हो ।
निरीक्षण भ्रमणको क्रममा डिआइजी केसीले जिल्ला प्रहरी कार्यालय दार्चुलाको साथै महाकाली लोकमार्ग क्षेत्रमा रहेको प्रहरी चौकीहरुको भ्रमण गर्ने डिएसपी नवराज अधिकारीले बताउनुभयो । मंगलवार दिउसो डिआइजी सुरज केसी दार्चुला आइपुगेका हुन् । डिआइजी केसी बुधवार दार्चुलाबाट फर्किने कार्यक्रम छ ।
सोमबार मात्रै सुदूरपश्चिमका ट्राफिक प्रहरी प्रमुख एसपी केदार रजौरेले दार्चुला भ्रमण गरेका थिए । एसपी रजौरे मंगलवार दार्चुलाबाट फर्किएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !