स्थानीय तहको शिक्षक महासंघ नेतृत्वमा समेत सहमति

0
2484

दार्चुला, पुष २१ गते ।
दार्चुलामा तीन शिक्षक संगठनहरुबीच स्थानीय तहको नेतृत्व चयनमा समेत सहमति जुटेको छ । महासंघको जिल्ला नेतृत्व र स्थानीय तहको नेतृत्वमा एकसाथ सहमति जुटाइएको छ ।
नेपाली काग्रेसनिकट नेपाल शिक्षक संघले नेपाल शिक्षक महासंघको जिल्ला अध्यक्षका साथै शैल्यशिखर नगरपालिका र मालिकार्जुन र व्यास गाँउपालिकाको नेतृत्व समेत गर्नेछ । एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनले महाकाली नगरपालिका, नौगाड गाँउपालिका र लेकम गाँउपालिकामा महासंघको नेतृत्व गर्नेछ । माओवादीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले मार्मा र दुहुँ गाँउपालिकामा नेतृत्व पाउने सहमति भएको संगठनका जिल्ला अध्यक्ष जनकसिह धामीले बताउनुभयो ।