स्थानीय तहमा एकता टुंगो लगाउदै नेकपा

0
2209

दार्चुला, माघ १ गते ।
नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले जिल्लाका विभिन्न स्थानीय तहमा भागबण्डाको टुंगो लगाउने क्रमलाई निरन्तरता दिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा भागबण्डाको टुंगो लगाइसकेको नेकपाले शुक्रवार दुहूँ गाउँपालिकाकामा पनि भागबण्डाको टुंगा लगाएको छ ।
नेपाली कांग्रेसको बर्चश्व मानिने दुहूँ गाउँपालिका ७५ सदस्यीय कमिटि बनाएको छ । यस्तै ५ सदस्यीय कार्यालय कमिटि र २५ सदस्यीय सचिवालय कमिटिको टुंगो लगाएको दुहुँ गाँउपालिका कमिटीका प्रस्तावित सचिव उदयसिँह बडालले जानकारी दिनुभयो ।
वडा नम्बर १ मा गजेन्द्रसिँह महरा अध्यक्ष र पार्वती कुवँर सचिव रहने गरी वडा कमिटिको समेत टुंगो लगाएको छ । वडा नम्बर २ मा जमनसिँह बडाल अध्यक्ष, मानसिँह बडाल सचिव वडा नम्बर ३ मा जयबहादुर बम अध्यक्ष, प्रमानन्द जोशी सचिव रहने गरी भागबण्डा मिलाइएको हो । वडा नम्बर ४ मा महिमन सिँह कुवँर अध्यक्ष र बिक्रमसिँह लोथ्याल सचिव तथा वडा नम्बर ५ मा गणेशसिँह कुवँर र सचिवमा दानसिँह महर सचिव रहने गरी वडा कमिटि नेतृत्वको पनि भागबण्डा मिलाएको नेकपाले जनाएको छ ।
दुहूा गाउँपालिकाका प्रस्तावित नेकपा अध्यक्ष मनोरथ भट्टको अध्यक्षता एवं प्रस्तावित नेकपा सचिव उदयसिँह बडालको प्रमुख आतिथ्यतामा बसेको बैठकले गाउँ तथा वडा कमिटिमा समेत भागबण्डा टुंग्याएको हो । वडा नम्बर १ र ५ मा पूर्व माओबादीले नेतृत्व गर्ने अर्थात् अध्यक्ष पाएको छ भने अन्य सबै वडामा पूव एमालेले अध्यक्ष पाएको छ ।