स्थानीय तहमा राष्ट्रिय शिक्षा दिवस मनाउन पत्राचार

0
2369

दार्चुला, भदौ ८ गते ।
राष्ट्रिय शिक्षा दिवस स्थानीय तहमा मनाउन संघीय सरकारबाट पत्राचार गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोध संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरीका सबै स्थानीय तहहरुमा यसबारे सर्कुलर गरेको छ ।
श्रावण २४ गते सम्पन्न राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मूल समारोह समितिको बैठकले स्थानीय तहस्तरमा दिवस मनाउने निर्णय गरेको छ । यस वर्ष ३९औं राष्ट्रिय शिक्षा दिवस मनाइदै छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सेप्टेम्बर ८ मा राष्ट्रिय शिक्षा दिवस मनाइदै आएको छ । यसवर्षको शिक्षा दिवस आगामी भदौ २३ गते हुँदैछ ।
विभिन्न कार्यक्रमसहित स्थानीय तहहरुमा दिवसको कार्यक्रम मनाउने व्यवस्था गर्न पत्रमा भनिएको छ । यसवर्षको राष्ट्रिय शिक्षा दिवसको नारा ‘समाजवाद उन्मुख सम्वृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दीगो शैक्षिक पूर्वाधार’ रहेको छ ।