स्वास्थ्यका कार्यालय सहयोगीको घरभित्रै शंकास्पद मृत्यु

0
2163

दार्चुला, भदौ ५ गते ।
मार्मा गाँउपालिकाको वडा नम्बर १ गुल्जरको घोल्जरस्थित स्वास्थ्य चौकीका कार्यालय सहयोगी अंगिरसिह ठगुन्ना घरभित्रै मृत भेटिएका छन् । घोल्जरस्थित आफ्नै घरमा ठगुन्ना मंगलवार विहान मृत भेटिएका हुन् ।
घरमा अंगिर र उनका ७८ वर्षिय वुवा मात्रै थिए । श्रीमती र छोरी खर्क गएको तथा दुइ छोराहरु घरमा नभएको समयमा घटना भएको छ । मंगलवार विहान ८ बजे घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले बताउनुभयो ।
घरमा सुतिरहेको बेला राती हत्या भएको आशंका गरिएको छ । अंगिरका ७८ वर्षिय वुवालाई कान नसुन्ने समस्या छ । मंगलवार दिउसो प्रहरी टोली घटनास्थल पुगिसकेको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट समेत थप अनुसन्धान टोली पठाइएको प्रहरीको भनाई छ । स्वास्थ्य चौकी गुल्जरमा कार्यरत ठगुन्नाको उमेर अन्दाजी ४५ वर्ष रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here