स्वास्थ्य इकाई केन्द्रको उद्घाटन

0
2955

दार्चुला, पुष २१ गते ।
सामुदायिक स्वास्थ्य इकाई केन्द्र होपरीको शुक्रवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
नौगाड गाउपालिका वडा नम्बर ४ होपरीमा शुक्रवार सामुदायिक स्वास्थ्य इकाई केन्द्र होपरीको उद्घाटन गरिएको हो । नौगाड गाउपालिका वडा नम्बर ४ का वडा सदस्य सुन्दरसिह महताको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रममा नौगाड गाउपालिका अध्यक्ष प्रेमसिह धामी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा नौगाड गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नन्दनसिह धामी र वडा सचिव लोकेशसिह ठगुन्ना विशिष्ट अतिथि रहनु भएका थिए । जनताको माग र आवश्यकताको आधारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको स्थापना गरि संचालनमा ल्याएको नौगाड गाउपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनु भएको छ ।
तिन, चार घण्टा हिडेर स्वास्थ्य उपचार गर्न सिप्टी स्वास्थ्य चौकीमा पुग्नु पर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष धामीको भनाई रहेको छ । सामुदायिक स्वास्थ्य एकाई केन्द्र मा नेपाल सरकारले उपलब्ध गराउने निशुल्क औषधी र सामान्य उपचार गर्न सकिने भएकोले स्वाथ्य संस्थासम्म जानुपर्ने समस्या सामाधान भएको उनले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै नौगाड गाउपालिका अध्यक्ष प्रेमसिह धामीले होपरीका जनताले माग गरेको सडक शुक्रवारको मितिबाट ठिक १ वर्षमा सडक पुगाउने प्रतिबद्धता गर्नु भएको छ । जनताले माग गरेको आधारमा हरेक क्रियाकलाप अगाडि बढाउन आफू प्रतिबद्ध रहेको अध्यक्ष धामीको भनाई रहेको छ ।
उद्घाटन कार्यक्रममा नौगाड कार्यपालिका सदस्य मथुरा ठगुन्ना, वडा नम्बर ४ का वडा सदस्य हरकसिह ठगुन्ना लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
शुक्रवार नै २ ओटा विद्यालयमा निर्माण भइरहेको ३।३ कोठे विद्यालय भवनको अनुगमन पनि गरिएको छ । भैरवनाथ आधारभुत विद्यालय होपरी र दुर्गाभवानी आधारभुत विद्यालयमा निर्माण भइरहेको विद्यालय भवनको अनुमगमन गरिएको नौगाड गाउपाालिका अध्यक्ष प्रृेमसिह धामीले जानकारी दिनु भएको छ । अनुमगमको क्रममा निर्माण कार्य सन्तोष जनक रहेको अध्यक्ष धामीले बताउनु भएको छ ।