उत्तराखण्डमा दोस्रो महिला राज्यपाल

0
2267

दार्चुला, भदौ ७ गते ।
भारतको उत्तराखण्ड प्रदेशमा महिला राज्यपालले जिम्मेवारी पाउने भएका छन् । सन् २००० देखि हालसम्म एक महिलासहित छ जना राज्यपाल भइसकेका छन् । भारतको केन्द्र सरकारले मंगलवार सातवटा राज्यमा राज्यपालको सरुवा गरेको छ ।
उत्तराखण्डको सातौं राज्यपालको रुपमा बेबी रानी मौर्यले जिम्मेवारी पाउने भएका छन् । आगरा निवासी मौर्य भाजपाका वरिष्ठ नेता पनि हुन् । उत्तराखण्डमा यसअघि सन् २००९ देखि २०१२ सम्म मार्गरेट अल्वा प्रथम महिला राज्यपाल बनेका थिए । काग्रेस सरकारले नियुक्ति गरेका अल्वापछि राज्यपालको जिम्मेवारी सम्हाल्ने मौर्य दोस्रो महिला बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here