विद्यार्थी जलाए मुख्यमन्त्रीको पुतला

0
2920

दार्चुला, भदौ ७ ।
राजकीय महाविद्यालय बलुवाकोटमा एमए कक्षा सञ्चालनको माग गर्दै विद्यार्थीहरुले उत्तराखण्डका मुख्यमन्त्रीको पुतला जलाएका छन् । अखिल भारतीय विद्यार्थी परिषद्को आयोजनामा विरोधस्वरुप मंगलवार पुतला जलाइएको हो ।
एमए कक्षा सञ्चालनको घोषणा गर्ने तर कार्यान्वय नभएको भन्दै मुख्यमन्त्रीको पुतला जलाइएको हो । परिषद्का प्रदेश सदस्य संदीप बोहराले २०१७ नोभेम्बरमै मुख्यमन्त्रीले एमए कक्षा सञ्चालनको घोषणा गरेको बताउनुभयो । तर लामो समय वितिसक्दा पनि कक्षा सञ्चालन नभएपछि आन्दोलन थालिएको विद्यार्थीहरुको भनाई छ ।
विश्वविद्यालयको प्रशासनिक प्रणालीको कमजोरीका कारण मुख्यमन्त्रीको घोषणाअनुसार कक्षा सञ्चालन हुन नसकेको केहीको भनाई छ । चालु शैक्षिकसत्रदेखि नै एमए कक्षा सञ्चालन गरिनुपर्ने विद्यार्थीको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here